
Articles
-
2 weeks ago |
bizmandu.com | Unnat Sapkota
काठमाडौं। नेपाल टेलिकमको भ्वाइस तथा डेटा सेवा डाउन भएको छ। बिहान ११ बजेबाट काठमाडौंसहितका क्षेत्रहरुमा टेलिकमको फोन नलाग्नेदेखि डेटा नचल्ने समस्या देखिएको हो। यसअघि पनि टेलिकमको थोत्रो बिलिङ प्रणाली नफेर्दा पटकपटक टेलिकमको सेवामा समस्या देखिंदै आएको छ। आइतबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकमकी बहालवाला प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहितका उच्चपदस्थ अधिकारीहरुलाई बिलिङ मर्मतसम्भारको ठेक्कामा अनियमितता गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
-
2 weeks ago |
bizmandu.com | Unnat Sapkota
काठमाडौं। बिलिङ प्रणाली अपग्रेडको काममा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेपाल टेलिकमले अघि बढाएको नयाँ बिलिङ खरिदको ठेक्का अन्योलमा परेको छ। अख्तियारले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याललगायत उच्च अधिकारीविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया अन्योलमा परेको हो। करिब ५ अर्ब रुपैयाँको नयाँ ठेक्का प्रक्रियामा सामेल अधिकारीहरु तर्सिएको टेलिकम स्रोतले बतायो। ‘मर्मतको ठेक्कामा...
-
2 weeks ago |
bizmandu.com | Unnat Sapkota
काठमाडौं। सरकारले घरजग्गा किनबेचमा अनिवार्यरुपमा बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने व्यवस्था एक साता नहुँदै उल्ट्याएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हस्तक्षेपपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक स्टेटमेन्ट पेस गर्नुपर्ने वाध्यकारी व्यवस्था हटाएको हो। विभागले घरजग्गा किनबेचमा कालो धन प्रयोग भइरहेको निष्कर्षसहित त्यसलाई रोक्न बैंक स्टेटमेन्ट अनिवार्य चाहिने व्यवस्थासहित जेठ १४ गते देशभरका सबै मालपोत कार्यालयलाई पत्राचार गरेकामा २२ गतेदेखि कार्यान्वयनमा आएको थियो। विभागले बैंक...
-
3 weeks ago |
bizmandu.com | Unnat Sapkota
काठमाडौं। नैकापका हरिबहादुर शर्मा घर किनबेचको काम टुंग्याउने हेतुले बिहीबार मालपोत कार्यालय कलंकी पुगे। उमेरले ७५ नाघिसकेका उनी छोराले विदेशबाट पठाएको पैसा र आफूसँग भएको धन मिसाएर घर खरिदलाई कानुनी मान्यता दिलाउन चर्को घाम सहेर मालपोत पुगेका थिए। तीन महिनाअघि नै घरको बैना गरेका उनले बिहीबार खरिद टुंग्याउन चाहेका थिए। तर, मालपोतमा पास भएन। कारण बन्यो बैंक स्टेटमेन्ट अनिवार्य चाहिने नयाँ व्यवस्था। भूमि व्यवस्थापन तथा अभिलेख विभागले मंगलबार मात्र देशभरका मालपोत कार्यालयलाई लिखत पारित गर्दा...
-
3 weeks ago |
bizmandu.com | Unnat Sapkota
काठमाडौं। घरजग्गा खरिदबिक्रीमा बैंक स्टेटमेन्ट चाहिने प्रावधान कार्यान्वयनमा नआउँदै हटाउन लागिएको छ। प्रधानमन्त्री कार्यालयको चर्को असन्तुष्टिपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले बैंक स्टेटमेन्ट चाहिने प्रावधान हटाउन लागेको हो। घरजग्गा कारोबार गर्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण (बैंक स्टेटमेन्ट) लिखतसाथ संलग्न गराउनुपर्ने प्रावधान जारी गरी विभागले कार्यान्वयनका लागि मंगलबार मालपोत कार्यालयहरुलाई पत्र पठाएको थियो। यो प्रावधानमा...
Journalists covering the same region

Binaj Gurubacharya
Chief Correspondent, Kathmandu at Associated Press
Binaj Gurubacharya primarily covers news in Kathmandu, Bagmati Province, Nepal and surrounding areas.

Anup Ojha
Reporter at Agence France-Presse (AFP)
Anup Ojha primarily covers news in Kathmandu, Bagmati Province, Nepal and surrounding areas.

Kosh Raj Koirala
Editor at myRepública
Kosh Raj Koirala primarily covers news in Kathmandu, Bagmati, Nepal and surrounding areas.

Krishana Prasain
Business Reporter at The Kathmandu Post
Krishana Prasain primarily covers news in Kathmandu, Bagmati Province, Nepal and surrounding areas.

Nishan Khatiwada
Sub Editor at The Kathmandu Post
Nishan Khatiwada primarily covers news in Kathmandu, Bagmati Province, Nepal and surrounding areas.
Try JournoFinder For Free
Search and contact over 1M+ journalist profiles, browse 100M+ articles, and unlock powerful PR tools.
Start Your 7-Day Free Trial →